११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एनएमबि र ओम डेभलपमेन्ट बैंक गाभिने

मर्जरपछि बैंकको नाम एनएमबि रहने छ भने शाखा संख्या एक सय ६३ पुग्नेछ। एटिएम संख्या एक सय २० पुग्ने विज्ञप्तिमा उल्लेख छ। मर्जरपछि बैंकको कुल पुँजी तथा जगेडा कोष बढेर २० अर्ब ४२ करोड पुग्नेछ भने निक्षेप एक खर्ब १९ अर्ब र कर्जा एक खर्ब १३ अर्ब हुनेछ।

सरकार–चिकित्सक आ–आफ्नै अडानमा

समायोजनलाई लिएर सरकार र चिकित्सकबीच खिचातानी हुँदा पाँचदेखि जारी हडतालले सरकारी स्वास्थ्य संस्थाहरू अस्तव्यस्त बनेका छन्। समायोजनप्रति असन्तुष्टि जनाउँदै शुक्रबारबाट इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा बहिस्रहेका चिकित्सकका कारण बिरामीले मार खेप्नुपरेको छ। यसले बिरामी तथा सेवाग्राहीलाई असुविधामात्र होइन अस्पतालको नियमित आम्दानीको स्रोतसमेत गुमेको छ।

अस्तव्यस्त इमर्जेन्सी कक्ष

सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ।

राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्न मन्त्रिपरिषदमा प्रस्ताव

सरकारको चालु आर्थिक वर्षमा राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने योजना अनुसारको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ।

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

राजधानीको सोल्टी क्राउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ। डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य सीइओ अफ द इयर २०१७ को आवार्ड पाएका छन्।

उडिरहेको जहाजको इन्जिनमा डरलाग्दो प्वाल परेपछि इमर्जेन्सी ल्यान्डिङ

चाइना इस्टर्न एयरलाइनसको जेट एउटा इन्जिनमा प्वाल देखेपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। सिड्नीबाट सांघाईका लागि उडेको एयरबस ए३३० जहाज उडेको केही समयपछि इन्जिनमा डरलाग्दो प्वाल देखिएको थियो। प्वाल देखेपछि पाइलटले विमानको इमर्जेन्सी ल्यान्डिङ गरेका छन्।

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ।

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ज्ञानेन्द्रको कप्तानीमा इमर्जिङ कपका लागि टोली छनोट

एसिसी इमर्जिङ नेसन्स कप प्रतियोगिताका लागि १५ खेलाडी छनोट गरिएको छ।  प्रतियोगिता बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ सम्म हुनेछ। कप्तान पारस खड्काले इमर्जिङ कप खेल्ने छैनन्।

इमर्जिङ कपमा नेपाल 'इन'

टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिता एसिसी इमर्जिङ नेशन्स कप खेल्ने अवसरबाट बञ्चित नगर्न नेपालले गरेको अपिल एसियाली क्रिकेट परिषद (एसिसी) ले स्विकारेको छ।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

इन्डिगोको जहाज उड्नै लाग्दा यात्रुले 'इमर्जेन्सी' ढोका खोलेपछि…

इन्डिगो एयरलाइन्सको एउटा विमान उड्न मुम्बई विमानस्थलबाट उड्न लागेको थियो। चण्डीगडका लागि प्रस्थान गर्ने सो विमानमा यात्रु चढिसकेका थिए।

‘आरबीबी र एनआईडीसीको मर्ज प्रस्ताव मन्त्रिपरिषद्मा लगिने’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमबीच मर्जर(गाभिने) विषयको निर्णय अबको मन्त्रिपरिषद् बैठकमा लाने बताएका छन्।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

विदा दिने निर्णय मेराे मर्जीले गरेकाे हाेइन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिँदा राम्रो हुने राजनीतिक दलका नेता तथा सुरक्षा निकायबाट राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको बताएका छन्। भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउँदा सार्वजनिक विदा दिने सरकारकाे निर्णयकाे सर्वत्र विराेध भएपछि प्रधानमन्त्री दाहाले सबैकाे सुझाव अनुसार छिमेकी मुलुक चीन र भारतका राष्ट्रप्रमुख नेपाल भ्रमणका अाउँदा सार्वजनिक विदा दिने निर्णय गरेकाे बताएका हुन्। बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण अाउँदा सार्वजनिक विदा दिने निर्णय गरेकाे थियाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्