२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडिरहेको जहाजको इन्जिनमा डरलाग्दो प्वाल परेपछि इमर्जेन्सी ल्यान्डिङ

सिड्नी—चाइना इस्टर्न एयरलाइनसको जेट एउटा इन्जिनमा प्वाल देखेपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। सिड्नीबाट सांघाईका लागि उडेको एयरबस ए३३० जहाज उडेको केही समयपछि इन्जिनमा डरलाग्दो प्वाल देखिएको थियो। प्वाल देखेपछि पाइलटले विमानको इमर्जेन्सी ल्यान्डिङ गरेका छन्।

विमानभित्र चार—पाँच जना मात्र अंग्रेजीभाषी यात्रु थिए। अरु सबै चिनियाँँ यात्रु रहेको जनाइएका अंग्रेजीमा अनाउन्स गरिएका कारण अधिकांश चिनियाँ यात्रुले घटनाबारे पत्तो नपाएको एक यात्रुले बताइन्।

साउथ चाइना मर्निङ पोष्टको अनलाइन संस्करणका अनुसार घटनामा यात्रु कसैलाई केही भएको छैन। जहाजमा कति यात्रु थिए स्पष्ट पारिएको छैन। टेक अफपछि एक यात्रुले सो प्वाल देखेका थिए। कम्पनीले घटनाको छानवीन गरिरहेको जनाएको छ।

झ्यालबाट इन्जिन प्वाल परेको देखेपछि क्याबिन क्रुलाई खबर गरेका थिए। चाइना इस्टर्नको सो जहाज सिड्नीबाट स्थानीय समयअनुसार राति ८ः३० बजे उडेर सोमबार बिहान ५ बजे सांघाई अवतवरण गर्नुपर्ने तालिका थियो।

विमानभित्र चार—पाँच जना मात्र अंग्रेजीभाषी यात्रु थिए। अरु सबै चिनियाँँ यात्रु रहेको जनाइएका अंग्रेजीमा अनाउन्स गरिएका कारण अधिकांश चिनियाँ यात्रुले घटनाबारे पत्तो नपाएको एक यात्रुले बताइन्।

अष्टे«लियाबासी एक चिनियाँ युवतीले चिनियाँ सामाजिक सञ्जाल वाइबुमा लेखेकी छिन्, ‘जहाज उडिरहँदा धेरैले किन ल्यान्ड गर्न लागियो थाहा पाएनन्।
‘जहाजमा बसिरहँदा मैले केही अनुभव गरिनँ। विदेशी यात्रुहरु बियर मगाएर पिउन सुरसारमा थिए। त्यतिकै जहाज फर्कियो’, उनले लेखेकी छिन्, ‘समाचार पढेपछि पो मैले आफूलाई भाग्यमानी अनुभव गरेँ।’

प्रकाशित: २९ जेष्ठ २०७४ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App