१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार छन्: रामहरि खतिवडा

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार भएको बताएका छन् ।

विशेष महाधिवेशनले मंगलबार केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको उनले बताए । फेरि त्यसमा आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गर्दा विभाजनले औपचारिकता पाएको खतिवडाले तर्क गरे ।  

कांग्रेसका अधिकतर नेताहरु विभाजनको पक्षमा नरहेको बताउँदै उनले विभाजन रोक्न नसक्नु विडम्बनाको विषय भएको बताएका छन् ।  

आज पार्टीको केन्द्रीय समिति बैठकमा कारवाहीको निर्णय हुँदा आफूहरु बैठक नै छोडेर हिँडेको पनि खतिवडाले बताए ।  

बैठक बारे जानकारी दिँदै उनले भने, ‘सुरुमा रमेश लेखकले अहिलेसम्मको विकासक्रमबारे व्रिफिङ गर्नुभयो, सभापतिज्यू हदैसम्म लचक हुँदा पनि कुरा मिल्न नसकेको बताउनुभयो । जब कारबाहीको प्रस्ताव आयो, हामी बैठकबाट हिँड्यौं ।’

प्रकाशित: ३० पुस २०८२ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App