नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले उपसभापतिमा फरमुल्लाह मन्सुरलाई निर्विरोध निर्वाचित गरेका छन्। बुधबार साँझ सर्वसम्मतका लागि भइरहेको प्रयासमा दुई उपसभापतिमध्ये एकमा फरमुल्लाहको नाम टुंगिएको हो।
यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेको नाम सर्वसम्मत टुंग्याइएको छ। पदाधिकारीसहित सबै पदमा सर्वसम्मत चुनिनेगरी छलफल भइरहेको एक नेताले जानकारी दिए।
सर्वसम्मत निर्वाचन सम्पन्न गर्न यसअघि नै मनोनयन दर्तासँगै उम्मेदवारी फिर्ताको फाराम पनि सबैलाई भर्न लगाइएको थियो।
प्रकाशित: ३० पुस २०८२ १८:१९ बुधबार





