मर्जर–एक्विजिसन छाडे कारबाही
नेपाल राष्ट्र बैंकले मर्जर र एक्विजिसनको लागि सहमति लिएर काम नगर्नेलाई कारबाही गर्ने भएको छ । उसले बिहीबार जारी गरेको ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३’ मा कारबाहीका प्रावधान समेटिएका छन् । नयाँ विनियमावलीमा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका संस्थाले त्यस्तो प्रक्रिया तोडे सम्बद्ध अधिकारीलाई सञ्चालक बन्न नदिने व्यवस्था गरेको छ ।