२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

काठमाडौं— राजधानीको सोल्टी क्राउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ। डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य सीइओ अफ द इयर २०१७ को आवार्ड पाएका छन्।

थाइल्याण्डको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो। विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यससम्बन्धी कार्यक्रम गरी अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो। नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता थियो।

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभीको प्रविधि भित्र्याउने डिस होम,नेपालको टेलिकम क्षेत्रमै सबैभन्दा छिटो अघि बढेको कम्पनी हो। सन् २००९ देखि सेवा शुरु गरेको डिस होमले नेपालमा डिजिटल टिभी सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ। स्थापनाको छोटो समयमै आफ्नो सेवालाई देशको प्रमुख शहरदेखि अत्यन्त ग्रामीण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिस होम नेपालीहरुको पहिलो रोजाइँको कम्पनी भइसकेको छ।

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ र ‘सीइओ अफ द इयर’ प्राप्त भएको कम्पनीले उल्लेख गरेको छ। पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कुरा कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले जनाए।

प्रकाशित: ४ पुस २०७४ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App