६ आश्विन २०८१ आइतबार
image/svg+xml

आज पनि चलेन कर्णालीको सदन

कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन ।

तीन मन्त्री एक महिनाका लागि निलम्वित

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।

प्रदेशसभा बैठक लगातार चौथो पटक स्थगित

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको सहमतिमा संसद बैठक स्थगित गरिएको बताए। उनले एमालेबाट मन्त्री बनेका तीन जनालाई मन्त्रीबाट पदमुक्त नहुँदासम्म संसद चल्न नसक्ने बताए।

अब राउटेका लागि एकीकृत नीति

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।

किसानलाई सुन अंकित तक्मा

यस कार्यक्रमलाई कृषिप्रति नागरिकको आकर्षण बढ्ने अपेक्षा राखिएको छ। कर्णालीवासीको आम्दानीको स्रोत भनेकै कृषि पेसा हो तर सरकारले कृषि पेसालाई सम्मानित र व्यावसायिक रुपमा विकास गर्न नसक्दा कृषि पेसाप्रति नागरिकको आकर्षण बढ्दो छैन्।

कोरिया र जापानबाट अक्सिजन कन्सन्ट्रेसन मेसिन हस्तान्तरण

‘कोरोनाका कारण अक्सिजन नपाएर हाम्रा आफन्तहरुले दुःख पाएको टुलुटुलु हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर केही रकम जम्मा गर्यौं, त्यसैबाट अक्सिजन कन्सन्ट्रेसन मेसिन खरिद गरेर पठाएका हौं ।’

कर्णालीको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

३९ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सांसद छन्। तीमध्ये १४ जना सांसदले मात्रै विपक्षमा मत जाहेर गरेनन्।

कर्णालीमा सुरुङ मार्ग र केवुलकारलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा केवुलकार र सुरुङमार्ग निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समवेश गरिएको छ।

कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रममा समीक्षाः अधिकांश पुरानै, केही महत्वाकांक्षी

कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम प्राथमिकतामा परेका देखिँदैनन् । अधिकांश कार्यक्रम पुरानै छन् भने केही महत्वकांक्षी देखिन्छन् ।

'राजा'बाट 'रैती' मार्गमा राउटे समुदाय

राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ।

कर्णाली प्रदेशः महामारी केन्द्रित नीति तथा कार्यक्रम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको छटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महामारी केन्द्रित गरिएको छ।

ओलीलाई एकपछि अर्को धक्का

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ।

कर्णालीमा थपिए दुई मन्त्री

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेसकातर्फबाट उर्जा तथा जलस्रोत विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्