२६ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँपालिकालाई एम्बुलेन्स सहयोग

हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।

भारतीय राजदूतावासले मनायाे ७० औं गणतन्त्र दिवस (फाेटाे फिचर)

भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा भारतीय राजदूत मंजिव सिंह पुरीले गणतन्त्र दिवसका अवसरमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाए।

महिला फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ।

नेपाल भारतबीचको सम्बन्ध प्रगाढ : राजदूत पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत जनस्तरको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताएका छन्। विश्वका अरू कुनै दुई देशबीच यस किसिमको प्रगाढ सम्बन्ध नरहेको चर्चा गर्दै उनले यस किसिमको द्विपक्षीय सम्बन्ध प्राचीनकालदेखि रहेको उल्लेख गरे।

तीव्र विरोधपछि भारतले ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य स्थानीयको तीव्र विरोधपछि स्थगित भएको छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले दुई दिनदेखि कञ्चनपुरको डोकेबजारनजिक दसगजा छेउमा ट्रेन्च खन्न र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको थियो।

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

भारतीय पक्षबाट सीमामा ट्रेन्च निर्माण

धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोको ट्रेन्च निर्माण गरिरहेको छ। नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको ट्रेन्च बनाएको हो। यो ट्रेन्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ।

प्रियंका गान्धी सक्रिय राजनीतिमा

भारतको पुरानो दल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धी सक्रिय राजनीतिमा होमिएकी छन्। भारतमा आसन्न आम निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेसले नेहरु–गान्धी परिवारबाट गान्धीलाई सक्रिय राजनीतिमा उत्रारेको हो।

भारतको विजयी सुरुआत

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

अन्तर्देशीय प्रसारण लाइन र इनर्जी बैंकिङमा छलफल

बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन, इनर्जी बैंकिङ, बिजुलीको दर रेट, पञ्चेश्वर आयोजना, भारतीय कम्पनीले सञ्चालन गरेका आयोजना (अरुण तेस्रो, माथिल्लो कर्णाली लगायत)को प्रगति लगायत विषयमा छलफल गर्न भारतीय ऊर्जा मन्त्रालयका सचिव अजय भल्ला नेतृत्वको टोली मंगलबार नेपाल आएको छ।

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।

साना व्यापारीलक्षित सस्तो ऋण उपलब्ध गराउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं साना व्यापारीलाई लक्षित गर्दै सस्तो ऋण र निःशुल्क आकस्मिक बिमा उपलब्ध गराउनेबारे सोच बनाएको यससम्बन्धी प्रत्यक्ष जानकार दुईवटा सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्ससले उल्लेख गरेको छ।

भारतमा गरिबी र आरक्षणको प्रश्न

गएको जनवरी ९ मा भारतको माथिल्लो सदन–राज्य सभाले संविधान संशोधन विधेयक पारित गरी शैक्षिक तथा निजामती सेवा क्षेत्रमा ५० देखि ६० प्रतिशतसम्म तोकिएको आरक्षण संविधानबाट हटाइयो। यो विधेयक अब अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पेस हुनेछ। तर न्यायिक निरूपणमा विफल हुने सम्भावनाको ढोका भने अझै खुला रहेको कारण विधेयकको अन्तिम नियति के हुने हो, निक्र्योल गरिहाल्न सकिने अवस्था भने छैन। भारतको सर्वोच्च अदालतले सो विधेयकलाई कानुन बन्नबाट रोक्न पनि सक्छ।

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४/५ नम्बरको सीमा स्तम्भ सार्ने षडयन्त्र भैरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्