२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ। भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन्।

भारतले ७२ शैक्षिक संरचनाकोे पुनर्निर्माणमा प्राविधिक सहयोग  गर्ने

भारतीय राजदूतावास, काठमाडौं र सेन्ट्रल बियुल्डिङ रिसर्च इन्सच्युट (सिबिआरआइ), रोरकी भारतबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती

भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।

भारतलाई दिँदै आएको सहुलियत बन्द गर्ने अमेरिकाकाे घोषणा

संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ। तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने दाबी गरेकाे छ।

भारत–पाकिस्तान टकरावको प्रभाव सार्कमा

महत्वपूर्ण सदस्य भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय हुँदै गएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) दुई मुलुकको पछिल्लो तनावका कारण थप अन्योलमा पर्ने देखिएको छ। सन् २०१४ मा नेपालमा १८ औँ शिखर सम्मेलनपछि सन २०१६ मा पाकिस्तानको इस्लामावादमा १९ औँ सार्क शिखर सम्मेलन गर्ने तय भए पनि सन् २०१६ मा भारतको उरीमा भएको आतंकवादी हमला भएसँगै सम्मेलन अनिश्चित हुँदै आएको छ।

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ। सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु गरिएको हो।

अभिनन्दनलाई पाकिस्तानले रिहा गरेपछि मोदीले भने, ‘भारतसँग दुश्मन डराए’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँग डराएर पाकिस्तानले पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेको बताएका छन्। आइतबार नयाँ दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा प्रधानमन्त्री मोदीले पाकिस्तानलाई दुश्मनको संज्ञा दिँदै नयाँ भारत निडर, निर्भिक र निर्णायक भएको दाबी गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ।

उपभोक्ताको रोजाइ जोगवनी

प्रदेश १ को अस्थायी राजधानी विराटनगरसँग जोडिएको सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। विशेषगरी दैनिक उपभोग्य वस्तु र लत्ताकपडा किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ।

पाकिस्तानले छाड्यो भारतीय पाइलट

पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय पाइलट अभिनन्दन वर्दमानलाई रिहा गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार गरेको प्रतिबद्धताअनुसार वर्दमानलाई शुक्रबार राति साढे नौ बजे रिहा गरिएको हो।पाइलट वर्दमानलाई भारत–पाक सीमाक्षेत्र बाघा बोर्डरबाट भारतको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

परिपक्व इमरान ! प्रतीक्षा मोदीको

आणविक अस्त्र सुसज्जित भारत पाकिस्तानबीच देखिएको तनाव केही मत्थर हुने संकेत देखिएको छ। बुधबार पाकिस्तान सीमा क्षेत्र प्रवेश गरेको भारतीय वायुसेनालाई पाकिस्तानी सेनाले खसालेको थियो। त्यस क्रममा भारतीय वायुसेनाका पाइलट पाकिस्तानी सैन्य नियन्त्रणमा परेका थिए।

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय सीमामा

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन्। इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए।

भारत–पाक प्रभाव

भारत र पाकिस्तानबीच केही दिनयता बढ्दो तनावका बाछिटाले दक्षिण एसियामा प्रभाव पार्न थालेको छ। त्यसको प्रत्यक्ष तथा परोक्ष असर नेपालमा झनै पर्छ। हाम्रो मुलुकको आयात–निर्यातको सबैभन्दा ठूलो हिस्सा भारतसँग जोडिएको छ। तेस्रो विश्वका मुलुकबाट गरिने आयात र त्यसतर्फ गरिने निर्यात पनि भारत भएरै बढी हुन्छ। त्यसले हाम्रो जनजीवनलाई कुनै न कुनै हिसाबले असर पार्छ। यससँगै भारतीय सेनामा कार्यरत करिब ३२ हजार गोर्खा सैनिकसमेत यी दुई मुलुक युद्ध भइहालेमा प्रयोग हुन सक्छन्।

भारतीय कुखुरा र अण्डा भित्रँदा किसान मर्कामा

बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) रोग फैलिएको मुलुकबाट जीवित पक्षी (कुखुरा, हाँसलगायत अन्य चरा जाति), त्यसको मासु, अण्डा र पक्षीजन्य उत्पादन सामग्रीसमेत नेपालभित्र पैठारी गर्न सरकारी प्रतिबन्ध रहँदै आएको छ।

भारत–पाक तनाव थामिने संकेत

केही दिनयता भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने हुने संकेत देखिएको छ। पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय बिहीबार गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो।

पाकिस्तानकाे नियन्त्रणमा रहेका भारतीय पाइलट शुक्रबार रिहा हुने

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताएका छन्। संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै खानले शुक्रबार पाइलटलाई रिहा गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्