२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय लगानीमा अफिम खेती

कुम्ले व्यापारीको आँडमा गाउँमा पुगेका भारतीय व्यापारीले स्थानीयलाई अफिम लगाउन बिउ उपलब्ध गराएका थिए।

भारत–पाकिस्तान बढ्दो तनाव

जम्मुकास्मिरको पुलवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ।

दुई मुलुकका विज्ञबीच छलफल

पञ्चेश्वर बहुद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा नेपाल र भारतका विज्ञ समूहबीच काठमाडौंमा छलफल सुरु भएको छ।

भारत–पाक युद्धले नेपालको उडान प्रभावित

भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो।

इमरानले भनेः भारतले हाम्रो शक्ति देख्यो, युद्ध मोदीको ‘कन्ट्रोल’मा हुनेछैन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धबाट समाधान ननिस्कने बताएका छन्। काश्मिरको पुलवामा घटनालाई लिएर भारतले आक्रमण सुरु गरेपछि मंगलवार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतका लडाकु विमान खसालेर पाकिस्तानले आफ्नो शक्ति देखाएको टिप्पणी गरे।

पाकिस्तानले खसाल्यो भारतका दुई लडाकु विमान, पाइलट नियन्त्रणमा

काठमाडौं- पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानको आकासमा देखिएका दुई भारतीय विमान खसालेको बताएका छन्।

आतंकवादी क्याम्पमा प्रहार नभएको पाकिस्तानको खण्डन

भारत–पाकिस्तान सीमा, लाइन अफ कन्ट्रोललाई उल्लङ्घन गरी पाकिस्तान अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमानले बम प्रहार गरेको गरेको पाकिस्तानले जनाएको छ।

उपचारमा भारतीय अस्पतालकै भर

खयरभट्टीका नन्दकिशोरकी पत्नी श्यामकुमारी केही दिनअघि बिरामी भएर थला परिन्। घनाजंगल बीचमा रहेको उक्त बस्ती जोड्ने सडक सञ्जाल नहुँदा नन्दकिशोरले नेपालगन्ज पुर्याएर पत्नीको औषधि उपचार गराउने कल्पना नै गरेनन्। बरु साइकलमा डोर्याउँदै भए पनि जंगलको बाटो हुँदै भारतको बघौंडास्थित अस्पतालमा पुर्याए।

राष्ट्रिय हितमा खुलेर कुरा गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन्।

भारतीय सेनाले बम बर्साएपछि पाकिस्तानले खाेल्याे मुख

भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।

भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर बर्सायाे एक हजार किलो बम

भारतीय वायुसेनाले पाकिस्तानमा रहेको आतककारी संगठन विरुद्ध ठूलो कारवाही गरेको छ ।  प्रशासित जम्मु काश्मिरको पुलवामा भएको हमलाको १२ दिनपछि सेनाले बदला लिएको हो।

नेपाल र भारतका ६ महिलालाई अर्वाड दिने

नेपाल र भारतको मित्रता पर्यटन र नारीको सम्मान स्वरुप नेपाल पर्यटन बोर्डको सहकार्यमा पालेटीज होलिडेज र एनआइसी एसिया बैंकले छ महिलालाई सम्मान गर्ने भएका छन् ।

बिजुलीको तार भूमिगत बनाउन भारतीय कम्पनी छनोट

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंकोमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ। महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो।

भारतीय लगानीमा अफिम खेती

दुई दिनअघि सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी चौकी लेकवेशीको टोली लामिडाँडा पुगेको थियो। जनचेतनामूलक कार्यक्रमका लागि पुगेको प्रहरी टोलीले गाउँभरी अफिम खेती देख्यो। शनिबार विहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक निरञ्जन घिमिरेको कमाण्डमा २४ जनाको टोली खटियो। ‘छ विघा जमिनमा लगाइएको अफिम खेती नष्ट गर्न छ घण्टाभन्दा धेरै समय लाग्यो’, प्रहरी निरीक्षक घिमिरेले भने, ‘स्थानीयले पनि अफिम खेती नष्ट गर्न सहयोग गर्नुभयो।’

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

नागरिकले राष्ट्रप्रेम र नीति निर्माताले सन्तुलित कुटनीतिमा जति ध्यान दिनुपर्छ, मुलुकको भू–राजनीतिक अवस्थितीका आधारमा छिमेकीसँगको सम्बन्धबारे त्यति नै संवेदनशील हुनुपर्छ। उरालिएका चर्का राष्ट्रवादी जार्गनमा फसिरहेको नेपालले दक्षिण एसियामा फैलिरहेको आतंकवादलाई बेलैमा चिरफार गर्नतर्फ नलागे यसको बाछिटामात्र होइन, भेलले नै हामीलाई दुःख दिन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्