२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्योलको आकाशमा सुधारका दिशा

प्रहेलिका जस्तो बनेको छ– नेपाल–भारत सम्बन्ध। भारतसित सम्बन्ध सुदृढ हुँदै गएको अभिव्यक्ति नेपाल सरकार तथा सत्तारुढ दलका नेताहरूबाट बारम्बार अभिव्यक्त हुँदै आएका छन् भने भारत सरकार तथा त्यहाँको सत्तासीन दलका नेताहरू पनि छिमेकीसित सम्बन्ध समधुर हुँदै गएको बखान्न कहिल्यै पछाडि परेका छैनन्। व्यावहारिक धरातल चाहिँ कथनी अनुरूप प्रतीत नहुँदा अन्योलको बादल मडारिरहेकै छ।

भारतको फराकिलो जित

अहिलेसम्म आयोजना भएका साफ च्याम्पियनसिपका सबै चार संस्करणमा उपाधि विजेता भारतको आक्रामक खेलका अगाडि निरीह बनेको माल्दिभ्स विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगितामा ६–० को फराकिलो अन्तरले पराजित भएको छ।

पारि चुनाव, वारी चासो

भारतमा आगामी चैत २८ देखि जेठ ४ सम्म सात चरणमा लोकसभाको निर्वाचन हुँदै छ। सीमापारी चुनावी माहोल तातिन थाल्दा वारिसमेत निकै चासो बढ्दै गएको छ। बिहानको चिया गफदेखि सामाजिक सञ्जालसम्म भारतीय चुनावको चर्चा–परिचर्चा हुन थालेको छ।

भारतीय चुनावमा नेपाली सरोकार

भारतको केन्द्रीय राजनीतिको सबभन्दा महत्वपूर्ण अंग रहेको लोकसभाको लागि सदस्यहरुको आम निर्वाचन हुदैछ। भारतले आम निर्वाचनमार्फत आफ्नो १७ औं पटक लोकसभा (तल्लो सदन) गठन गर्दैछ। चैत २८ देखि जेठ ४ सम्म ७ चरणमा हुने आम निर्वाचनमा भारतका बयस्क मतदाताले पाँच सय ४३ ‘सिट’बाट एकएक जना प्रतिनिधि (साँसद) ५ बर्षका लागि चयन गर्नेछन्। सीमापारी चुनावी माहोल बढ्न थाल्दा वारीका मानिसको पनि यसमा चाँसो बढेको देखिन्छ। बिहानको चियाँ गफदेखी समाजिक संजालसम्म भारतीय चुनावको रंग बढ्न थालेको छ।

दुई सय नेपाली विद्यार्थीलाई भारतले दियो स्वर्ण जयन्ती छात्रवृत्ति

दुई सय नेपाली विद्यार्थीलाई भारतले स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ। राजधानीको लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन दुई सय जेहेन्दार विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो।

नेपालका दर्जन गाउँ डुबाउने भारतीय सीमामा तीन तहको अवरोध

ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाँउपालिका क्षेत्रत्रका एक दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमानजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

२५ किलो चाँदी र सुनसहित २ भारतीय पक्राउ

जनकपुरमा २५ किलो चाँदी र एक सय ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँका ३० वर्षीय रुपेश महतो रहेका छन् ।

तस्बिरमा महात्मा गान्धी

नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

विश्वविद्यालय अनुदान आयोगको भविष्य

भारतीय जनता पार्टीले सन् २०१४ को चुनावी घोषणापत्रमा ‘विश्वविद्यालय अनुदान आयोग’ पुनःसंरचना गर्ने बताएको थियो। त्यसको ४ वर्षपछि गत जुलाइमा ६३ वर्ष पुरानो भारतीय ‘विश्वविद्यालय अनुदान आयोग’लाई बिस्थापित गरी ‘हाइयर एजुकेसन कमिसन अफ इन्डिया’ खोल्ने विधेयकको मस्यौदा सार्वजनिक भयो।

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा, सात चरणमा गरिने

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्।

लागूऔषधसहित २ जना पक्राउ

प्रतिबन्धित लागूऔषध सहित २ जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट काठमाडौंतर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौं टोखा नगरपालिका २९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका ३ का २३ वर्षीय विकास मर्हजनलाई प्रहरीले पक्राउ गरेको हो।

पाकिस्तानले सूचना लुकाएको भारतको आरोप

पाकिस्तानभित्र भारतीय लडाकु जेटहरुले गरेको आक्रमण क्षेत्रमा पत्रकार एवं सञ्चारमाध्यमलाई जान नदिएर पाकिस्तानले सूचना लुकाइरहेको भारतले शनिबार आरोप लगाएको छ ।

लैनचौरमा ‘चिठी आएन’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजधानीको लैनचौरस्थित भारतीय राजदुतावासमा बलिउड गायिका कविता कृष्णमूर्ति गुञ्जिएकी छन् । भारतीय महिला संघले गत शुक्रबार आयोजना गरेको कार्यक्रममा गायिका कवितासँगै उनका भायोलिन वादक पति डा. एल. सुब्रमण्यम प्रस्तुत भए।

भारत र पाकिस्तानलाई चीनले भन्योः वार्तामा बसेर समाधान खोज

भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन्। चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाब दिँदै आएको छ।”

पाठेघर खस्ने समस्याले तराईका महिला पीडित

तराईका २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ। हालैको एक अध्ययन प्रतिवेदनले पाठेघरको स्थिति तथ्यांक सार्वजनिक गरेको हो। भारतीय दूतावास र कम्युनिटी फाउन्डेसनले तराईका ९ जिल्लामा गरेको अध्ययन गरेको थियो। अध्ययनले २६ प्रतिशत महिलामा कुनै न कुनै तहको पाठेघर खस्ने समस्या रहेको पत्ता लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्