फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ
भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।