४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कुकुरदेखि सावधान !

यही वैशाख २१ गते राति १० बजे हात्तीसार चोकमा गाडीबाट ओर्लेर घर जाँदै गर्दा पछाडिबाट आएर चूपचाप कुकुरले टोक्यो र आएकै बाटो फक्र्यो। टोकेको घाउ दुखाइसँगै अति नै पोल्दोरहेछ। म निकै आत्तिएँ। रातको समय प्राथमिक उपचार दिमागमा आएन। घरमा गएर तातो पानी तताएर त्यसमा नून र डिटेल राखेर घाउ सफा गरेँ। कुकुरले दाह्रा गाडेको प्वालबाट रगत बगिरह्यो। त्यसलाई मुभले टालँे र वरिपरि पनि मुभ लगाएँ। भोलिपल्ट डराइडराइ टेकु अस्पताल गएँ। करिब दुई घन्टापछि पालो आयो। लाइन बस्नेहरू सबैजसो व्यक्ति कुकुरको टोकाइबाट बच्न रेबिजको सुई लगाउन आएका रहेछन्।

मेसिन बिग्रिँदा सिकलसेल उपचारमा समस्या

पश्चिम तराईमा जटिल समस्याको रूपमा देखिएको सिकलसेल एनेमिया (रक्तअल्पता) उपचारमा समस्या देखिएको छ। नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा चार महिनादेखि रक्तअल्पता जाँच गर्ने एचबी इलोक्ट्रोफोरेसिस मेसिन बिग्रिएकाले सो समस्या देखिएको हो।

आँखा उपचार केन्द्रको स्थापना

रुकुम (पूर्व)मा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ। प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीहरु खुशी भएका छन्।

पोलिएका बालकको उपचारमा समस्या, सहयाेग गरिदिन अनुराेध

हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ।

स्वास्थ्य पूर्वाधार, जीवन आधार

रोग लागेपछि उपचार गर्नुभन्दा रोकथाममा खर्च गर्नु किफायती हुन्छ। त्यसैले प्रभावकारी सरकारहरूले रोकथामका लागि बढ्ता जोड दिन्छन्। रोग लागिहालेमा उपचारका निम्ति पनि आवश्यक पूर्वाधार बनाउँछन्।

धेरैलाई सताउने रोग एलर्जी

तपाई पनि एलर्जीले हैरान हुनुहुन्छ ? एलर्जी किन हुन्छ र यसको उपचार के हो ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. भास्कर कायस्थसित गरेको कुराकानीको अंश:

छिटो उपचार गरे दुबी निको हुन्छ

छाला सौन्दर्यसित जोडिएको प्रमुख अंग मानिन्छ। छालामा लाग्ने विभिन्न रोगका कारण मानिस समस्यामा परेका हुन्छन्। तीमध्ये आम रूपमा देखिने दुबी पनि एक हो। जुन रोगको सजिलै उपचार हुँदैन।

रगतका नसामा लाग्ने रोग र उपचार

मुटुबाट शरीरका विभिन्न भागमा रगत जाने र फर्केर आउने नसामालाग्ने रोगबारे नागरिककर्मी पवित्रा सुनारले मनमोहन कार्डियोभास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका भास्कुलर सर्जन डा. दिनेश गुरुङसित गरेको कुराकानीको अंश:

चिनको मेडिसिटीमा हुँदै

अन्नपूर्ण हिमाल क्षेत्रबाट उद्धार गरिएका मलेसियन नागरिक वि किन चिनको काठमाडौंको मेडिसिटी अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।

मलेसियाली आरोही चिनको चार दिनपछि उद्धार

अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण मार्गको ७ हजार पाँच सय मिटर उचाइमा चार दिनदेखि हराइरहेका मलेसियाका आरोही वुई किन चिनको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। गत मंगलबार दिँउसो आरोहण सकेर फर्कने क्रममा हराएका आरोही चिन अर्धचेत अवस्थामा फेला परेको उद्धारकर्ताले बताएका छन्।

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

पेटको रोगमा प्रभावकारी इआरसिपी

रोग पहिचानमा मात्र प्रयोग हुँदै आएको इआरसिपी (इन्डोग्राफिक रेट्रोग्रेड कोल्नाजियो प्यानक्रियाटोग्राफी) उपकरण पछिल्लो समय पित्तनली र पाचनथैलीको नलीको उपचारमा प्रयोग भइरहेको छ। यो प्रविधि पेटको रोगको उपचारमा कत्तिको प्रभावकारी छ ? प्रस्तुत छ, नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका ग्यास्ट्रो फिजिसियन डा. विवेक पुर्वेसित गरेको कुराकानीको अंश

सानिमा–म्याक्स सम्झौता

सानिमा बैंक र म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ। यस सम्झौतापत्रमा सानिमाको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन्।

४० व्यक्तिद्वारा मृत्युपछि अंग दानको घोषणा

दुःखी, असहाय र उपचार नपाएकाका लागि भन्दै ४० भन्दा बढी व्यक्तिले आफ्नो मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका छन् । सामाजिक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारणसभा कार्यक्रममा ती व्यक्तिहरूले मृत्युपछि आफ्नो अंग दानको घोषणा गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्