४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपचार केन्द्र बन्दै डोल्पाका तातोपानी कुण्ड

प्राकृतिक रुपमा रहेका तातोपानीका कुवाहरु डोल्पालीका लागि उपचार केन्द्र बन्ने गरेका छन्। प्राकृतिक रुपमा जमिनमुनिबाट निस्केको तातोपानीबाट बनेका कुवाहरुमा नुहाउनाले छालाजन्य,मुटुदुख्ने,छातीदुख्ने,शरीर दुख्ने,हातगोडा झमझमाउने लगाएतका रोगहरु सञ्चो हुने भएपछि तातोपानीका कुवाहरुमा मानिसहरुको भीड लाग्ने गरेको छ।

आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’

कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ। अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

चट्याङ लागेर दुई घाइते

चट्याङ लागेर दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा दुई जना घाइते भएका छन्। १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

इरफानको भावुक ट्वीट, समर्थकले भने, ‘मेरो हिरो आउँदैछ’

बलिउडका चर्चित कलाकार इरफान खानले दुई दिन अघि आफु भारत आउँदै गरेको ट्वीट गरे। यो ट्वीटले उनका शुभचिन्तकमा खुशियाली ल्याएको छ। सामाजिक सञ्जालमा उनका समर्थकले भन्न थालेका छन्, ‘मेरो हिरो आउँदैछ’ । खानले आफुँ चाँडैनै भारत आउन लागेको बताएका छन्।

एकै परिवारका चार जनामा ‘पाराप्लेजिक’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कम्मरमुनिको अंग नचल्ने अवस्था (पाराप्लेजिक) ले थलिएका एकै परिवारका चारजनालाई आर्थिक सहयोग गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी–६ नेर्पाका वीरबहादुर गजमेर र आमा लक्ष्मीमाया गजमेरकी माइली छोरी ३० वर्षीय कोपिला, थाइली छोरी २२ वर्षीय अनिशा, ठूली कान्छी छोरी २० वर्षीय मनीषा र कान्छो छोरा १५ वर्षीय चेतराज गजमेरलाई नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो।

उडायो सपना सबै हुरीले

‘उडायो सपना सबै हुरीले ...’ गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो ‘अलच्छिने बतास’ कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही ‘निठुरी’ले उनीहरूको सपना भने ‘उडाइलगेको’ छ। आइतबार साँझ दुई मिनेटमात्रै आएको हुरीले दर्जनभन्दा बढी परिवारका सदस्य नै लग्यो। धेरैलाई घरबारविहीन बनायो। घरसँगै उनीहरूले सजाएका सपना पनि विलीन भए।

डा. गोबिन्द केसी बारामा

आईतबार बेलुका आएको हावाहुरीबाट पिडित बनेकाहरुको उपचार र राहत समाग्री बितरण गर्नको लागि डा.गोबिन्द केसी बारामा आएका छन्। मंगलबार पुरैनिया पुगेको डा.केसीले हावाहुरीमा घाईते भएकाहरुका उपचार र राहतको समाग्री समेत बितरण गरेका छन्।

औषधि र राहत बोकेर डा. केसी बारामा

आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा आएका छन्। मंगलबार पुरैनिया पुगेका डा. केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

आइतबार रातिको विनाशकारी हुरीबतासबाट घाइते भएकामध्येबाट नौ जनाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेका दुई बालकसहित घाइतेलाई नेपाली सेनाको स्काई ट्रक (जहाज) बाट सोमबार दिउँसो काठमाडाैँ ल्याइएको हो भने थप दुई जनालाई भने सोमबार साँझ सेनाकै एमआई–१७ नाइट भिजन हेलिकोप्टरबाट ल्याइएको थियो।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन।

पर्सामा हवाहुरीले सरोज रामको मृत्यु, ५ जनाको उपचार हुँदै

पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट १८ वर्षीय सरोज रामको मृत्यु भएको छ।

फिस्टुला भएको २२ वर्षपछि उपचारमा

धादिङ भुनभुनेकी ४० वर्षीया उजेली गुरुङ बुधबार काठमाडौं मोडेल अस्पतालको शड्ढयामा रुँदै थिइन्। २२ वर्ष पुरानो फिस्टुलाको उपचार निको नहुने थाहापाए पछि उनी रोएकी थिइन्। उनी उपचारको लागि शनिबार अस्पताल भर्ना भएकी थिइन्।

गर्भवतीको उपचारमा आर्थिक समस्या

डालेघाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डालेघाँस काट्ने क्रममको रुखमाबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीया कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

गम्भीर घाइते गर्भवतीको उपचारमा आर्थिक समस्या

डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्