मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए
मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।
मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाए।
मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ।
मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।
उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।
मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।
एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ ।
अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले खरिद गरेका ती बस पछिल्लो सरकारले कार्यविधिलाई कारण देखाएर सञ्चालनमा ल्याएन। अहिले आएर मधेस सरकार ती बस प्रयोग नगर्ने निर्णयमा पुगेको हो।
प्रदेश २ को सीमानाकासँग जोडिएका देहात(गाउँ) मा रातिको समय निकै चहलपहल हुन्छ। मुख्यनाका जोडिएका सडक भएर तस्करहरू सामानसहित नेपाल प्रवेश गर्छन्।
सातवटै प्रदेशमा प्रहरी ऐन ल्याउने पहिलो मधेस प्रदेश हो। नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए।