१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन्।

आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाए। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेकाे प्रदेशसभा सचिवालयले जनाएको छ।  

गत मङ्सिर २९ गतेदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत प्रदेशसभाको २० वटा बैठक बसेको छ। १२० दिन चलेको आठौँ अधिवेशनले प्रदेशको नाम ‘मधेस’ र राजधानी जनकपुरधाम टुङ्गो लगाएको छ। यस्तै प्रदेश सरकारले पेश गरेको चार वटा विधेयक पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।  सो अवधिमा प्रदेश प्रमुख मिश्रले एउटा विधेयक प्रमाणीकरण गरेका हुन्।

यसैबीच आज बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ। रासस

प्रकाशित: २९ चैत्र २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App