सोनाम ल्होसार पर्व : टुँडिखेलमा विशेष कार्यक्रम, आज सार्वजनिक बिदा
करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ। नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनांगे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन्।

