इलामका मेडिकल र डेन्टललाई दुई/दुई लाख जरिवाना
जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ। ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि प्रशासनले नवीन चोकको दुर्गा मेडिकल र नजिकैको माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो।