५ आश्विन २०८१ शनिबार
image/svg+xml

गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

रबर स्ट्याम्प मात्रै होइन राष्ट्रपति

गठबन्धन राष्ट्रपतिलाई प्रमुख प्रतिपक्षी दलको पृष्ठपोषण गरेको आरोप लगाइरहेको छ तर यिनीहरूले के बुझेका छैनन् भने राष्ट्रपति कुनै दलको त के कुरा व्यक्ति पनि होइनन्, संस्था हुन्। हाम्रो संविधानले त्यही व्याख्या गरेको छ।

टुंगिएन गठबन्धनको सिट बाँडफाँट, बालुवाटारमा बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ।

कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो।

प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो।

सहमति नजिक गठबन्धन

सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्।

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको सत्तारुढ चार दलको ठहर

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ विज्ञप्तिमा भनिएको छ। यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको पनि गठबन्धनको आरोप छ।

गठबन्धनको बैठक: राष्ट्रपतिको कदमबारे छलफल हुने

आजको बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयबारे छलफल हुने बताइएको छ।

गठबन्धनलाई सिटमै सकस

सत्तारूढ पाँचदलीय गठबन्धन मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटमा अझै सहमतिमा पुग्न सकेको छैन।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन।'

गठबन्धनभित्रका दलले हैसियत भन्दा बढी सिट खोजेः पूर्वमन्त्री गिरी

‘पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेको छ, तर गठबन्धन ठूलो हेडेकका रुपमा रहेको छ,’ उनले भने। ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, विगतलाई बिर्सिनुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्