५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनलाई सिटमै सकस

फाइल तस्बिर

सत्तारूढ पाँचदलीय गठबन्धन मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटमा अझै सहमतिमा पुग्न सकेको छैन। 

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू निरन्तर प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटे पनि अझै संख्यामा सहमतिमा पुग्न नसकेका हुन्। मधेस प्रदेशका साथै अन्य प्रदेशका केही प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरूको समान दाबी हुँदा सहमतिमा पुग्न सकस परेको हो। सोमबार पनि दुई पक्षीय र बहुपक्षीय छलफलमा जुटेका पाँच दलका शीर्ष नेताहरू मंगलबार दिउँसो ३ बजे फेरि छलफलमा जुट्ने भएका छन्।  

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनका नेताहरू सिट बाँडफाँटमा सहमतिनजिक पुगेको दाबी गरे। सबै राजनीतिक दल लचिलो हुनुको विकल्प नभएको बताउँदे कार्कीले दलहरूका आआफ्नै अडान रहँदै आए पनि त्यसलाई छाडेर सूक्ष्म ढंगले छलफल अगाडि बढेको जानकारी दिए। गठबन्धन दलहरू सहमतिका लागि लचिलो हुनुको विकल्प नभएको बताउँदै जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय यादवले टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।  

प्रकाशित: २८ भाद्र २०७९ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App