१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

फाइल तस्बिर

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।  

आइतबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो। आइतबारको बैठकमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो।

आगामी निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँट टुंगो लाग्न सकेको छैन्। कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्।  

कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

प्रकाशित: २७ भाद्र २०७९ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App