१५ असार २०८१ शनिबार
image/svg+xml

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ।

आमापछि संक्रमित छोराको निधन

इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो।

वीपीमा १२ घण्टामा दुई जना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पछिल्लो १२ घण्टामा दुई जनाको निधन भएको छ। प्रतिष्ठानका अनुसार मृतक दुवै जना पुरुष हुन्।

यो साता कोरोनाबाट विदेशमा २३ जना नेपालीको निधन

यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो।

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्।

२२ देशमा रहेका ३ सय ४५ जना नेपालीको कोरोनाबाट निधन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

जोशीको निधनमा शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो।

कोरोनाबाट विदेशमा थप एक नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

टुइकुनामा माइक्रोबस दुर्घटना: एकको निधन

राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो। बस दुर्घटनाको कारण खुलेको छैन। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। बसमा कालीकोटबाट १५ यात्रु सवार थिए। उद्धार जारी छ।'

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्