१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपीमा १२ घण्टामा दुई जना संक्रमितको निधन

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पछिल्लो १२ घण्टामा दुई जनाको निधन भएको छ। प्रतिष्ठानका अनुसार मृतक दुवै जना पुरुष हुन्। 

सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बुधबार दिउँसो ३ बजे धनुषाका ६० बर्षीय वृद्धको कोभिड अस्पतालमा निधन भएको थियो। उनलाई वैशाख १० गते कोभिड संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यस्तै, गए मध्यराती सप्तरीका २४ वर्षीय कोरोना संक्रमित युवाको पनि प्रतिष्ठानमा निधन भएको छ। उनको राती १२ बजेर १० मिनेटमा कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ। उनलाई वैैशाख ९ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा १३ गते भर्ना गरिएको थियो। मृतक दुवैको शवको व्यवस्थापन नियम अनुसार गरिएको पनि प्रतिष्ठानले जनाएको छ।  

प्रकाशित: १६ वैशाख २०७८ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App