१९ असार २०८१ बुधबार
image/svg+xml
कला

कवि कुन्ता शर्मा र समाजसेवी हिडपाली साइँलोलाई सीता-बालमुकुन्द पुरस्कार

सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान, विराटनगरले साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामकुमार अधिकारी (हिडपाली साइँलो) लाई पुरस्कृत गरेको छ।

विराटनगरमा एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शर्मालाई सीता बालमुकुन्द पोख्रेल साहित्य पुरस्कार र अधिकारीलाई सीता बालमुकुन्द पोख्रेल समाजसेवा पुरस्कार प्रदान गरेका हुन्।

प्रतिष्ठानले यसै वर्ष स्थापना गरेको जनही २५ हजार २२५ राशिको नगद तथा सम्मानपत्रसहितको पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले विराटनगरको सबभन्दा पुरानो पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक सीता पोखरेल र बालमुकुन्द पोखरेलका नाममा यसरी पुरस्कार स्थापना गरेर छोराछोरीहरूले समाजमा उदाहरण प्रस्तुत गरेको बताए। दशकौंदेखि सयौं अनाथ बालबालिकालाई शिक्षादीक्षा दिएर पोख्रेल दम्पतीले समाजलाई ठूलो गुन लगाएको टिप्पणी पनि उनले गरे।

कार्यक्रममा लेखक तथा समालोचक राजकुमार बानियाँले साहित्यतर्फ पुरस्कृत शर्मा र ब्यूटी श्रेष्ठले समाजसेवातर्फ पुरस्कृत अधिकारी ‘हिडपाली साइँलो’को बारे चर्चा गरेका थिए भने पुरस्कृतद्वयले प्रतिष्ठानलाई धन्यवाद दिएका थिए।

प्रतिष्ठानका सञ्चालक सदस्य प्रमिला गौतमले सञ्चालन गरेकाे कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार सुरेश गाउँलेले बर्सेनि प्रदान गरिने उक्त पुरस्कारकाे राशि बढाउँदै लैजाने बताए। 

प्रकाशित: १७ असार २०८१ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App