सागमा पदक, राष्ट्रिय गौरव
नेपालले १३ औँ साउथ एसिएन गेम (साग) सम्पन्न गरेको छ । आयोजक राष्ट्रको नाताले साग सम्पन्न गरेबापत यसको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले के कति श्रेय पाउनु पर्ने हो, त्यो आफ्नो ठाउँमा छ ।
नेपालले १३ औँ साउथ एसिएन गेम (साग) सम्पन्न गरेको छ । आयोजक राष्ट्रको नाताले साग सम्पन्न गरेबापत यसको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले के कति श्रेय पाउनु पर्ने हो, त्यो आफ्नो ठाउँमा छ ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक बिजेता गाउँका दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिकाले बुधबार अत्तरपुरमा कार्यक्रम राखी उनीहरुलाई सम्मान गरेको हो।
अन्तर्राष्ट्रिय पदक विजेता बक्सरद्वय भूपेन्द्र थापा र मीनु गुरुङलाई सोमबार नेपाल बक्सिङ संघले भव्य स्वागत गरेको छ। चीनको जिङयाङमा गत शनिबार सम्पन्न एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेता मीनु र भूपेन्द्रलाई संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा आत्मसात गर्दै पोखराबाट सुखद अन्त्य गरेको छ। २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भएको छ।
पहिलो सहभागितामै घरेलु मैदानमा स्वर्ण जित्ने सपनामा नेपाली महिला क्रिकेटलाई धक्का लागेको छ। श्रीलंकासँगको जीतले स्वर्णको लागि प्रतिस्पर्धामा उकाल्थ्यो। तर शुक्रबार पोखराको क्रिकेट मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा श्रीलंकासँग ४१ रनले पराजित भएपछि कास्यको लागि फेरी एकपटक माल्दिभ्ससँग नेपालले अन्तिम प्रतिस्पर्धा गर्ने छ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको महिला ह्यान्डबल टोलीले पदक पक्का गरेको छ। लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनल पुगेपछि नेपाली महिला ह्यान्डबल टोलीले पदक पक्का गरेको हो।
पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्प गर्दै रजत जिते। श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते। नेपालका भुवन महतोले १३.५३ को जम्प गर्दै अन्तिम स्थानमा रहे।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९-२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।
एथ्लेटिक्समा नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेकी छिन् । दशरथ रंगशालाको ट्य्राकमा भएको दौडमा पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यता १ मिलिसेकेन्डले पछि पर्दै भारतकी कविता यादवले रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पूरा गर्दै कांस्य पदक हात पारिन् ।
सन् १९९९ मा घरेलु मैदानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुददेखि सहभागिता जनाउन थालेको तेक्वान्दोमा दीपकले त्यसै संस्करणदेखि एघौरौं संस्करणसम्म स्वर्ण पदक जितेका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ।
नेपाली भलिबलमा ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता हात पारेको नेपाली महिला टोलीलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शुक्रबार जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।