१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने

निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार निर्वाचन आयोगले सीमानाका बन्द गर्नयसअघि नै सिफारिस गरिसकेको छ।

सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति पक्राउ

प्रहरीले सामाजिक सञ्जाल टिकटकमा 'झापामा बालेन साह माथि गोली प्रहार' भनेर भ्रामक सूचना सम्प्रेषण गर्ने एक जनालाई पक्राउ गरेको हो।

उडान खुल्ने प्रतीक्षामा अलपत्र यात्री

अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो। खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन्।

मध्यपूर्वमा रहेका नेपालीको राहत र उद्दारमा सबै प्रकारको उपाय अपनाइन्छ : सरकार

मन्त्रालयले पछिल्लो परिस्थिती सुधार नहुँदासम्म र युद्धको अवस्था समाप्त नहुँदासम्म परराष्ट्र मन्त्रालय र सम्बन्धित क्षेत्रमा रहेका नियोगहरुको आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।

भ्रम र उत्तेजनाले देश बन्दैन, समृद्धिका लागि एमालेको जित अपरिहार्य: पृथ्वीसुब्बा

नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह र उत्तेजनाले देश नबन्ने भन्दै समृद्धिको यात्रा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको बताएका छन्।

निर्वाचन प्रभाव: राष्ट्रिय लिग २३ गतेसम्मका लागि स्थगित

आसन्न प्रतिनिधि सभा निर्वाचनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको छ।

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित’

सहरी विकासमन्त्री कुमार इङ्नामले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताए।

भदौ २३ र २४ को घटनामा संलग्नलाई मतदानमार्फत दण्डित गर्न प्रचण्डको आग्रह

जेनजी आन्दोलनपछिको अनिश्चिततालाई चिर्दै देश निर्वाचनको संघारमा आइपुगेको भन्दै वर्तमान समयमा मुलुक दुईवटा अतिवादी खतरासँग लडिरहेको उनको टिप्पणी छ।

राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक: जेन-जी अभियन्ता पाण्डे

जेन-जी अभियन्ता तनुजा पाण्डेले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई बुझेर राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व देशलाई आवश्यक रहेको बताएकी छन्।

आगामी चुनाव जनमत संग्रह पनि हो: ओली

यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उनले बताए ।

कैलाली-१ः समुदाय भन्दामाथि ‘किस्मत’ बदल्दै टिकापुर

कैलाली–१ मा पर्ने टिकापुरमा चुनावी चहलपहल बढेको छ। हाटबजार, चियापसल, खेतखलियान सबैतिर चुनावी चर्चा सुनिन्छ। ती चर्चामा एउटा फरक तर सभ्य समाजको झल्को भेटिएको छ। त्यो हो- अब जात मात्रै होइन, काम गर्ने मान्छे चाहिन्छ।

भोट हाल्न गाउँ जाने बढे, काठमाडौंबाट दुई दिनमा ८० हजार बाहिरिए

प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ–आफ्नो जिल्लातर्फ जाने मतदाताको भीड बढेको छ।

गृहमन्त्रीले भने: यो निर्वाचनमा धाँधली दोहोरिन दिँदैनौँ, पितृका नाममा कसैले भोट हाल्न पाउँदैन

विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइने उनको भनाइ थियो।

सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले देश बन्दैन: गगन

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देश चरम संकटमा रहेको बेला सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले मात्र देश नबन्ने बताएका छन्।

खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द

खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने नागरिकका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्