२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मच्छिन्द्रलाई प्रमुख खेलाडीको चोट चिन्ता

मच्छिन्द्र १५ खेलको समाप्तिमा २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र ३ अंक कम हो।

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन्।

संघीयताले पाएको अवसर

‘दौडिन्छ कर्णाली।’ एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरू जन्मिएका छन्। इतिहास लेखेका छन् अल्ट्राधावक हरिबहादुर रोकायादेखि मीरा राईसम्मले।

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।

पुरस्कारको रकम खेलाडीको खातामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कारबापतको रकम बिहीबार खेलाडीको खातामा पठाएको छ।

खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका-४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।

पुलिससँग जावलाखेल स्तब्ध

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिससँग २–१ गोल अन्तरले स्तब्ध हुँदा अर्को खेलमा दोस्रो स्थानको थ्री स्टार खुमलटार युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।

‘भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको बताएका छन्।

एसिसी प्रिमियर कप : सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।

वर्षाले नेपालको प्रतीक्षा लम्ब्यायो, आज हिजोकै स्थितिबाट खेल सुरू हुने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ।

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

क्रिकेट क्रेजः छाता ओढेर खेलको प्रतिक्षा गर्दै दर्शक

वर्षाका बीच पनि घरेलु दर्शक भने खेल पुनः सुचारु हुने आशमा मैदान छोडेका छैनन्। उनीहरु पानीबाट जोगिन छाताको साहारामा खेल कुरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्