२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

नेपाल पुलिसविरुद्ध गोल गरेपछि हिमालयन शेर्पाका अमृत श्रेष्ठ।तस्बिर सौजन्य: एन्फा

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

ललितपुरस्थित दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग ४–२ गोलअन्तरले पराजित भएको हो। यस्तै पुलिस दरशथ रंगशालामा हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएको हो।

अघिल्लो खेलमा पनि नेपाल पुलिससँग २–१ गोलअन्तरले पराजित भएको जावलाखेल युथ क्लब शुक्रबार खुमलटारसँग स्तब्ध भएको हो। यससँगै शीर्ष स्थानको जावलाखेलले लगातार दोस्रो खेलमा विपक्षी टोलीलाई नतिजा सुम्पिएको छ। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारलाई जित दिलाउनका लागि स्टेफन समिरले ह्याट्रिक पूरा गर्दा मेसुके ओलुमोउको नाममा एक गोल रह्यो। यस्तै जावलाखेलका विनोद केसीले एक गोल फर्काउँदा जावलाखेलका रोहित सुब्बाले उपहार गोल दिए।

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

अघिल्लो खेलको हारले स्तब्ध भएको जावलाखेलले आक्रामक खेल देखाएको थियो। तर सम्हालिएको प्रदर्शन गरेको खुमलटारले सुरुआती अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए।

४३औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा पुगेको थियो। पहिलो हाफको इन्जुरी समयमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २–१ को अग्रता निकाल्न सफल भएको थियो।

दोस्रो हाफमा थप आक्रामक देखिएको खुमलटारका लागि ५१औं मिनेटमा स्टेफनले ह्याट्रिक पूरा गरेका थिए। बाँकी समयमा दुबै टोलीबाट थप गोलका लागि प्रयास भए पनि दुवै टोलीले राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्।

शीर्ष स्थानमा अग्रता फराकिलो पार्न निकै संघर्ष गरेको जावलाखेलका लागि इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित निश्चित गरेका थिए। खुमलटारले जारी लिगमा पाँचांै जित निकाल्न सफल भएको छ। खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ।

यस्तै जावलाखेल जारी लिगमा पाँचौं हार भोग्न बाध्य भएको छ। पराजित भए पनि जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ।

शीर्ष स्थानमा अग्रता फराकिलो पार्न निकै संघर्ष गरेको जावलाखेलका लागि इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित निश्चित गरेका थिए।

लिगअन्तर्गत शुक्रबारै दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस हिमालयन शेर्पासँग २–१ गोलअन्तरले स्तब्ध भयो। रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको पुलिसलाई यस हारले थप संकट परेको छ। उता जित निकालेको हिमालयन शेर्पा भने सातौं स्थानमा उक्लिएर रेलिगेसन खतराबाट टाढिएको छ भने हिमालय शेर्पा पछिल्ला पाँच खेलमा अपराजित रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दुवै टोलीले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए। रेलिगेसन क्षेत्रको पुलिसमाथि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको हिमालयन शेर्पाका लागि अबायोमी फाकुन्लेले १४औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। ३०औं मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए।

खेलमा फर्किएसँगै आक्रामक देखिएको पुलिसले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुने सकेन। त्यसपछि दोस्रो हाफको खेलमा हिमालयन शेर्पाले सुरुआत गरेको लयलाई निरन्तरता दियो।

लिगअन्तर्गत शुक्रबारै दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस हिमालयन शेर्पासँग २–१ गोलअन्तरले स्तब्ध भयो।

५१औं मिनेटमो अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई स्पष्ट तीन अंक दिलाउन सफल भए। लगातार पाँच खेलमा अपराजित रहेको हिमालयन शेर्पाले १५ खेलबाट २० अंक बनाएको छ। हिमालयन शेर्पा तालिकाको सातौं स्थानमा उक्लिएको छ भने पराजित पुलिसको रेलिगेसन खतरा अझै टरेको छन्। पुलिसले १५ खेलबाट १५ अंक बनाएको छ।

लिगमा शनिबार तीन खेल हुनेछन्। पहिलो खेल चर्च ब्वाइज र न्युरोड टिम (एनआरटी) बीच च्यासल मैदानमा हुँदा दोस्रो खेल सातदोबाटो र मनाङ मस्र्याङ्दीबीच दशरथ रंगशालामा हुनेछ। यस्तै दशरथ रंगशालामा हुने अन्तिम खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई आतिथ्यता गर्नेछ।

प्रकाशित: २३ वैशाख २०८० ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App