२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।

गण्डकीको खेलकुदमा ७ करोड ५५ लाख

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट सार्वजनिक गर्दै खेलकुदलाई ७ करोड ५५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

१९ औं एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् ।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

कुशलको शतकमा नेपाललाई सफलता

ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा बिहीबार ओमानमाथि २ विकेटको जित निकालेको छ।

ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो

नेपाल ट्राईयाथलन संघले चीनको हाङ्गझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ ।

अम्यास खेलमा ओमानलाई जित्न नेपालले २६८ रन बनाउनु पर्ने

आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपाल विरुद्ध ओमानले २६७ रन बनाएको छ ।

मैत्रीपूर्ण फुटबल खेलमा फिलिपिन्ससँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ। नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ।

दक्षिण एसियाली बुद्धिचाल: नेपाली खेलाडीलाई मिश्रित नतिजा

नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।

खेलकुद संघ गठनमा परिषद्को बलमिच्याँई

नेपालमा दुई वटा शारीरिक सुगठन थिए। अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठन तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए। नेपालमा ती दुवैका संघ थिए। अन्तर्राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रिय खेलकुद परिषदमा आवद्धता भएको दुई संघलाई एउटै बनाउनुपर्ने आवाज उठ्दै आएको थियो। उठेको आवाज अनुसार एउटै बनाउनुपर्ने राखेपको निर्देशन अनुसार नेपाल शारीरिक सगुठन तथा फिटनेस महासंघ गठन गरिएको छ।

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।

प्रिन्स र रसिला छनोट

प्रिन्स दाहाल र रसिला महर्जन आगामी सेप्टेम्बरदेखि चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली ब्याडमिन्टन टोलीमा छनोट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्