१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दाजु/बहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी छनोट भएका  छन्। नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए। पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए।

महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे। इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन्। इन्द्र, देवकी र मनीता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्।

प्रकाशित: ३१ जेष्ठ २०८० १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App