२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

नेपाली खेलाडी जिम्बाबेसंग प्रतिस्पधाको लागि अभ्यास गर्दै । फोटो सौजन्य क्यान

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली  जिम्बावेसंग खेल्दैछ।

आज देखि शुरु भएको छनौट खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट हुनेछ। नेपाल र जिम्बावे बीचको खेल  हरारे स्पोर्टस् क्लबमा  हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा  नेपाल घरेलु टोलीलाई पराजित गर्ने सोचमा  रहेको छ । घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।

प्रकाशित: ३ असार २०८० ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App