१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् ।

छनोट भएका खेलाडीहरुमा नेपाल प्रहरीकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, नेपाल आर्मीकी गंगा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा कुलुङ राई, एपीएफकी सुनिता थापा, प्रहरीकी नितु गुरुङ, सुदूरपश्चिम प्रदेशकी कलावती पन्त, आर्मीकी इशा राई तथा प्रहरीकी अर्पणा चौधरी रहेका छन् । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउना लागेको हो ।

प्रकाशित: १ असार २०८० १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App