२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल चौथो स्थानमा सिमित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को आयोजनामा भएको चतुष्पक्षीय यु–१९ एकदिवसीय शृंखलामा नेपाल चौथो भएको छ।

पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट, मलेसियामा चीनसहित ५ देशसँग खेल्ने

यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

नेपालद्वारा अफगानिस्तान २५ रनले पराजित

यु–१९ क्रिकेट श्रृङ्खलामा नेपालले टेष्ट मान्यता प्राप्त अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ।

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा विजयी शुरुवात गरेको छ।

क्रिकेट खेलाडीलाई सम्मान

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले  राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी र प्रदेश नम्बर ४ का युवा क्रिकेटर हरिबहादुर चौहानलाई शनिबार सम्मान गरेको छ।

नेपाली यु-१९ टाेलीकाे लगातार दाेस्राे हार

वाई भी राथोडको अविजित अर्धशतकप्रेरित भारतको यु–१९ ‘ए’ टोलीले शुक्रबार नेपाली युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ।

एन्डरसनले तत्काल संन्यास नलिने

इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले अस्ट्रेलियाका ग्लेन म्याकग्राथको सर्वाधिक टेस्ट विकेट लिने तीव्र गतिका बलरको कीर्तिमान तोडे पनि तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कुनै योजना नभएको बताएका छन्।

नेपाली यु-१९ क्रिकेट टाेली पराजित

नेपाली यु–१९ क्रिकेट टोली भारतको यु–१९ बी टोलीसँग पराजित भएको छ। भारतको लखनउमा बुधवार सम्पन्न खेलमा फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाली टोली ४० रनले पराजित भएको हो।

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ।

भारतमा हुने यु-१९ क्रिकेटका लागि खेलाडी छनोट

भारतमा हुने उन्नाइस वर्ष मुनिकाे एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रवार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ।

नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ। टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

पहिलेदेखि नै संन्यासको योजना

इङ्ल्यान्डका ओपनर तथा पूर्वकप्तान एलिस्टर कुकले ६ महिनाअघिदेखि आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने मानसिकता बनाएको बताएका छन्।

नेपाल हङकङसँग ३ विकेटले पराजित, एसिया कपमा छनोट हुने सम्भावना समाप्त

नेपाल एसिया कप क्रिकेट खेल्नबाट बञ्चीत भएको छ। मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।

एसिया कप छनोटः नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्