२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेट खेलाडीलाई सम्मान

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले  राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी र प्रदेश नम्बर ४ का युवा क्रिकेटर हरिबहादुर चौहानलाई शनिबार सम्मान गरेको छ। 

राजधानीमा एक कार्यक्रमको आयोजना गरी केसीलाई डिभिजन ‘टु’ को प्रतियोगितामा क्यानाडाविरुद्ध सानदार खेल प्रस्तुत गर्दै नेपाललाई डिभिजन वानको बाटोमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै समाजले विशेष सम्मान प्रदान गरेको हो। केसीले सम्मानस्वरूप नगद १ लाख रुपैयाँ प्राप्त गरे। 

यस्तै काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गरेका प्रदेश नम्बर ४ का चौहानलाई समर्थक समाजले उदीयमान खेलाडीको रूपमा ‘स्वर्गीय प्रमोद वज्राचार्य राष्ट्रिय सेवा सम्मान’ प्रदान गरेको छ । सम्मानसहित नगद २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ । चौहानले प्रधानमन्त्री कपमा प्रदेश नम्बर १ लाई पराजित गर्दा शानदार शतकीय इनिङ खेलेका थिए भने सोही खेलमा विपक्षीविरुद्ध ह्याट्रिक गरेका थिए। 

क्रिकेट समर्थक तथा संस्थाका सदस्य स्वर्गीय वज्राचार्यको मस्तिष्कघातका कारण गत वैशाख २१ गते ३३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि समर्थक समाजले वज्राचार्यको सम्मानमा हरेक वर्ष क्रिकेट खेलमा लागिपरेका खेलाडीलाई राष्ट्रिय सेवा सम्मान प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष भानु सिग्देलले जानकारी दिए। 

‘क्रिकेटमा राम्रो गर्ने खेलाडीलाई प्रमोद वज्राचार्यको नामबाट प्रत्येक वर्ष सम्मानित गर्छौं,’ अध्यक्ष सिग्देलले भने । यस्तै सोही कार्यक्रममा एनसिएसएसले संस्थाका लागि सयहोग पु¥याएका स्वयम्सेवक सदस्य महेन्द्र गुरुङलाई पनि सम्मान गर्याे।

 

प्रकाशित: ३१ भाद्र २०७५ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App