२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हङकङविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५९ रनमा ७ विकेट गुमायो

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग भिडिरहेको नेपाली टोलीले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

टेस्ट श्रृंखला : इंग्ल्याण्डसँग हार्‍यो भारत

इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा भारत पराजित भएको छ। पाँच टेस्ट खेल्न इंग्ल्याण्ड गएको भारतीय क्रिकेट टोलीले एक टेस्ट बाँकी रहँदै श्रृंखला गुमाएको हो। भारतले १ टेस्ट जित्यो, ३ मा पराजित भयो।

नेपालको फाइनल खेल्ने सम्भावना जीवितै

स्पिनरहरूले सात विकेट लिएपछि जित्नैपर्ने दबाबमा खेलेको नेपालले आइतबार सिंगापुरलाई ४ विकेटले हराउँदै एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।

एसिया कप छनोटः नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

एसिया कप छनोटः सिंगापुरद्वारा नेपालसामु १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

एसिया कप छनोटः सिंगापुरविरुद्ध टस हारेर फिल्डीङ गर्दै नेपाल

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौथो खेलमा अहिले नेपाल टस हारेर सिँगापुरविरुद्ध फिल्डीङ गर्दैछ।

एसिया कप छनोटः नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो।

नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्र र आरिफको अर्धशतक

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एसिया कप छनोटः नेपाल टस हारेर ब्याटिङ गर्दै, खेल ३० ओभरको हुने

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको तेस्रो खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

वर्षाले नेपाल–मलेसियाबीचको खेल प्रभावित, केही ढिलो सुरु हुने

एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत शनिबार बिहान हुन लागेको नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

एशिया कप छनोट : नेपालले भोलि मलेसियासँग खेल्ने

एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्दैछ। जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ। नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ। दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ। मलेसियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो।

एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आरोप पुष्टि गर्न चुनौती

क्रिकेट अस्ट्रेलियाले कतारको स्याटलाइट समाचार नेटवर्क अल जजिरालाई खेलमिलोमतो र भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएको छ।

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्