११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप छनोटः नेपाल टस हारेर ब्याटिङ गर्दै, खेल ३० ओभरको हुने

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको तेस्रो खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने खेल वर्षाको कारण निर्धारित समयमा हुन नसकेपछि ३० ओभरमा छोट्याइएको छ। सुरुवातका दुई खेलमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको थियो।  

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १६ भाद्र २०७५ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App