काठमाडौं – एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग भिडिरहेको नेपाली टोलीले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो पाँचौं खेलमा नेपालले ५९ रन जोड्दा ७ विकेट गुमाएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले एकपछि अर्को विकेट गुमाएको हो। नेपालका लागि अनिलकुमार शाहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर नबनाइ आउट भएका छन्।
प्रकाशित: १९ भाद्र २०७५ ०४:१३ मंगलबार