२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

टेस्ट श्रृंखला : इंग्ल्याण्डसँग हार्‍यो भारत

काठमाडौं– इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा भारत पराजित भएको छ। पाँच टेस्ट खेल्न इंग्याल्याण्ड गएको भारतीय क्रिकेट टोलीले एक टेस्ट बाँकी रहँदै श्रृंखला गुमाएको हो। भारतले १ टेस्ट जित्यो, ३ मा पराजित भयो।

लगातार दुई टेस्टमा पराजित भएको भारतले तेस्रो टेस्टमा विजयी हुँदै चौथो टेस्टको पहिलो पारीमा राम्रो सुरुवात गरेको थियो। तर चौथो टेस्टको दोस्रो पारीमा  प्रदर्शन खस्किएपछि श्रृंखला नै गुमायो। 

चौथो टेस्टमा इंग्ल्याण्डले भारतलाई ६० रनले हराएको छ। जितसँगै घरेलु टोलीले पाँच टेस्टको श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

अब भारतले इंग्ल्याण्डसँग अन्तिम टेस्ट खेल्नेछ, यसमा जित निकाले पनि श्रृंखला इंग्ल्याण्डकै हुनेछ। 

प्रकाशित: १८ भाद्र २०७५ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App