१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली यु-१९ क्रिकेट टाेली पराजित

काठमाडाैं - नेपाली यु–१९ क्रिकेट टोली भारतको यु–१९ बी टोलीसँग पराजित भएको छ। भारतको लखनउमा बुधवार सम्पन्न खेलमा फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाली टोली ४० रनले पराजित भएको हो। टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै भारतकाे यु–१९ बी टीमलाइ ४९ ओभरमा १ सय ६१ रनमा अलआउट गरेको थियो। भारतलाई सस्तैमा समेट्ने क्रममा नेपालका कमल ऐरीले सर्वाधिक ३ तथा पवन सर्राफले २ विकेट लिए। भारतका कमरान इक्वालले सर्वाधिक ५० रन जोडे।

१ सय ६२ रनको विजयी लक्ष्य सहित मैदान उत्रेको नेपाली यु–१९ टोलीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा कमजोर प्रदर्शन गर्यो। नेपाली टोली ४१ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा खुम्चिन पुग्दा भारतले नेपालमाथी सहज जित दर्ता गर्यो। नेपालका भिम सार्कीले ३० तथा कमल ऐरीले २२ रन जोड्नु वाहेक अन्य खेलाडीहरुले सम्झन लाएक प्रदर्शन गर्न सकेनन्। नेपालका ७ खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन्। भारतका पंकज यादव र सुवाङ हेग्डेले समान ३/३ विकेट लिए।

भारतकाे यु–१९ का दुइ टोली, नेपाल र अफगानिस्तानका यु–१९ का १/१ टोलीबीच एकदिवसीय सिरिज भैरहेको हो। नेपालले अर्को खेल शुक्रवार भारतकै यु–१९ ए टोलीसँग खेल्नेछ।

 

प्रकाशित: २७ भाद्र २०७५ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App