१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

वैदेशिक लगानी प्रतिबद्धता २६६ प्रतिशतले वृद्धि

ऊर्जामूलक परियोजनामा लगानी ओइरिँदा मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता २६६ प्रतिशतले बढेको छ । वैदेशिक लगानी दर्ता गर्ने उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ४० अर्बभन्दा धेरैको प्रतिबद्धता आएको छ।

टेलिकमको भ्वाइस र डाटा सेवाको शुल्क वृद्धि

नेपाल सरकारले साउन १ गते देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको छ। त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो।

आठ प्रतिशतको आर्थिक वृद्धि गर्न सघाउने मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले सरकारले बजेटमार्फत ल्याएको ८ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी आगामी वर्षको मौद्रिक नीति बुधबार सार्वजनिक गरेको छ ।

नेपाली भाषा र स्तरवृद्धिको अवस्था

नेपालमा अंग्रेजी भाषा लोकप्रिय हुँदैछ । निजी कम्पनीमा मात्र नभएर सरकारका सबैजसो तह र तप्कामा अंग्रेजीको भाषाको महत्व बढ्दै छ ।

मूल्यवृद्धिसँग बजेटको साइनो छैन : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले बजेट र अहिलेको मूल्यवृद्धिबीच कुनै सम्बन्ध नभएको बताएका छन् । अहिलेको मूल्यवृद्धि ‘बजारमा बजेटबाट नकारात्मक असर परेको देखाउन गरिएको दुस्प्रयास’ मात्रै भएको उनले बताए ।

सवारी साधनको जरिवाना शुल्कमा वृद्धि

काठमाडौं महानगरपालिकाले अनाधिकृत स्थलमा पार्किङ गर्ने सवारीसाधनको जरिवाना शुल्कमा भारी वृद्धि गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को बजेट मार्फत अनाधिकृत पार्किङ गर्ने दुईपाङग्रे सवारीसाधन मोटरसाइकलको जरिवाना शुल्क एक हजारबाट वृद्धि गरेर १५ सय रुपैयाँ पुर्‍याएको छ।

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

प्रदेश नम्बर ४को सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने नीति लिएको छ।

आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै डोल्पालीको जीवनशैली

दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ।

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्।

मूल्यवृद्धि विरुद्ध वैद्य, विप्लवको प्रदर्शन (फोटो फिचर)

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ।

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्