१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टुटलद्वारा बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन।

स्टक चिनीको पनि मूल्यवृद्धि

चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्। यो वर्ष चिनीको क्रसिङ सुरु हुनासाथ गत वर्ष उत्पादित स्टक चिनीको पनि मूल्य बढाएका हुन्। उद्योगीको यो कदमसँगै बजारमा चिनी प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको व्यापारीले बताएका छन्। ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको भाउ अहिले ७५ देखि ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

चर्को शूल्क नलिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरिम आदेश

स्वास्थ्य उपचार सेवा शूल्कमा भारी वृद्धि गरेको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको शूल्क लागु नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।

करको दायरा वृद्धि गरिएको छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन्। आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको दाबी गरेका हुन्।

१५ अंकले बढ्यो नेप्से,४२ करोडको कारोबार

शेयरबजारले आज पनि दोहोरो अंकको वृद्धि पच्छ्याएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १५.१७ अंकले बढेर ११ सय ८२.८२ अंक कायम भएको नेपाल स्टक एक्सचेन्जले जनानएको छ।

आर्थिक वृद्धि ६.५ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ। आइएमएफले यसअघि गत अक्टोबरमा विश्वको आर्थिक परिदृश्य सार्वजनिक गर्दै पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत पु-याएको हो ।

शेयर बजारः ७.६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ।

‘हाटा’ गर्नेको ग्रेड वृद्धि रोक्का

काठमाडौं महानगरपालिका हाजिर गरेर टाप कस्ने (हाटा गर्ने) कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको छ। छड्ने अनुगमन गर्दा हाजिर गरेर कार्यालयमा नबस्ने पाइएपछि त्यस्ता कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको हो।

नेप्सेमा दोहोरो अंकको वृद्धि

निरन्तर ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि आएको छ। परिसूचक १०.२७ अंकले बढेर ११सय ४२.०१ कायम भएको छ।

म्याक्रोंले बोलाए अर्जेन्ट सुरक्षा बैठक

सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्।

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्धको प्रदर्शनमा झडप

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्। उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को प्रथम बैठकलाई साेमवार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने।

समावेशी विकास : के र कसरी?

आर्थिक वृद्धिलाई मात्र विकास ठान्ने परम्परागत अर्थराजनीतिक दृष्टिकोणमा परिवर्तन आई विकासलाई सामाजिक, आर्थिक र वातावरणीय आयामबाट हेर्ने विस्तृत दृष्टिकोण स्थापित भएको छ।

फ्रान्समा मूल्य वृद्धिविरुद्धको प्रदर्शन

पेट्रोलियम पदार्थमा बढ्दो मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसको सडकमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्