२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि आएको छ। परिसूचक १०.२७ अंकले बढेर ११सय ४२.०१ कायम भएको छ।

मंगलबार व्यापार र होटल समूहबाहेक सबै समूहका सूचकमा वृद्धि देखिएको छ। सबैभन्दा धेरै विकास बैंक समूह ३१.०२ अंकले बढेको छ भने जीवन बिमा समूहमा २० अंकको वृद्धि आएको छ। निर्जीवन बिमा समूह १५.११ अंकले बढेको छ। बैंकिङ समूहमा ७.२२ अंकको वृद्धि देखिएको छ।

१६१ कम्पनीका १ लाख २२ हजार १४४ कित्ता शेयर किनबेच हुँदा ३८ करोड २६ लाख ५९ हजार रुपैयाँको कुल कारोबार भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंकका ११ करोड ४२ लाख ८८ हजार रुपैयाँमा शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दोस्रोस्थानमा ग्लोबल आईएमई बैंकको ३ करोड ३७ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आइतबार १७ अंकले घटेको नेप्से परिसूचक सोमबार ०.९ अंकलेमात्र बढेको थियो।

 

प्रकाशित: १८ मंसिर २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App