१२ मंसिर २०८१ बुधबार
image/svg+xml

२०२१ मा कार्बनडाइअक्साइड उत्सर्जन वृद्धि हुने

‘जीवाश्म इन्धनको माग २०२१ मा अत्यधिक हुनेछ। कोइलाको माग ६० प्रतिशतले बढ्नेछ र यसले उत्सर्जनलाई ५ प्रतिशतले बढाउनेछ,’ उक्त वार्षिक प्रतिवेदनको मुख्य निष्कर्षमा भनिएको छ। ऊर्जा क्षेत्रअन्तर्गत कोइलाबाट हुने उत्सर्जनमा सन् २०२० मा ५० प्रतिशतले घटेकोमा एसियामा हुने अत्यधिक कोइला खपतले सन् २०२१ मा यो ८० प्रतिशतले बढ्ने देखिएको छ।

चीनको जिडिपी १८.३ प्रतिशतले बढ्यो

चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष आश्चर्यजनक प्रगति देखिएको हो।

सुरक्षित आमा : सुरक्षित भविष्य डा. निराको साथमा (पार्ट २)

नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले 'मम्मा नेपाल' कार्यक्रममार्फत् ल्याप्रोस्कोपिक सर्जन डा. निरा सिंह श्रेष्ठसँग गरिएको छलफलमा श्रेष्ठ भन्छिन्, ‘चिकित्सकले कहिले पनि अपरेसनबाट प्रसूति हुन सुझाउँदैनन्। महिलाको स्वास्थ्य अवस्था हेरेर नै नर्मल वा अपरेसन प्रसूतिबारे निर्णय गरिन्छ। तर कहिलेकाहीं गर्भवती आफैंले सिजेरियन डेलिभरीका लागि अनुरोध गर्छन्।'

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

२०७७ काे अर्थतन्त्र सुखद रहेन, आर्थिक वृद्धि ऋणात्मक

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।

सुरक्षित आमा : सुरक्षित भविष्य, डा. निराको साथमा

वास्तवमा के गर्भावस्थामा हुने समस्या महिलाका कारणले मात्र हुन्छ त ? भन्ने प्रश्नमा डा. श्रेष्ठ भन्छिन्, ‘हाम्रो हजुरआमा र आमाले धेरै खानेकुराहरुमा बन्देज लगाउँनुहुन्छ, जुन स्वभाविक पनि हो उहाँको बुझाइ अनुसार, तर आफ्नो डाक्टरको सल्लाह अनुसार नै खानपान छनोट गर्नु पर्दछ।‘

महिला पुरुषको पूर्वनिर्धारित भूमिका के आजको दिनमा पनि उपयुक्त छ त?

लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ। गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ।

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जोडिएको क्षेत्रमा कोरोनाको संक्रमण नरहेको र भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाउने चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ।

मुलुकको जिडिपी ४० खर्ब नजिक

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।

मूल्य अभिवृद्धि कर १० प्रतिशतमा झार्न माग

मूल्य अभिवृद्धिकर १० प्रतिशतमा झार्न उद्योगी, व्यवसायीले माग गरेका छन्। संघीयता कार्यान्वयनसँगै चर्को कर तिर्नुपरेको भन्दै उद्योगी, व्यवसायीले मूल्य अभिवृद्धिकर १० प्रतिशतमा झारे थोरै भए पनि उपभोक्तालाई राहत मिल्ने तर्क गरे।

आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्।

खानेतेलमा ४५ र गेडागुडिमा ४० रुपैयाँसम्म मुल्यवृद्धि

सबै उपभोक्ताको भान्छामा दिनहुँ चाहिने तेल, गेडागुडी र दालको मुल्य आकाशिएको छ । एकलिटर तेलमै ४५ र एककिलो गेडागुडीमा ४० रुपैयाँसम्म मुल्य बढ्दा भान्छा महंगो भएको गुनासो उपभोक्ताको छ ।

इन्धनमा मूल्य वृद्धि र कांग्रेस नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेविसंघ आरआरको प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र बैतडीमा कांग्रेसका नेताहरुमाथि भएको आक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्