१० मंसिर २०८१ सोमबार
image/svg+xml

धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु

पहिरोको कारण अवरुद्ध भएको धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले बाटो मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै साउने रौनक पनि सुरु हुँदैछ।

टानद्वारा नौडल्ले पहाडको पदमार्ग अध्ययन

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेको छ ।

टानद्वारा नौडल्ले पहाडको पदमार्ग अध्ययन

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालले (टान) नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेका छन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै टानले पनि भर्जिन पर्यटकीय गन्तव्यको खोजि थालेका हुन्।

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।

पर्यटकीय पदमार्ग नयाँ वर्षको उपहार

नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।

गुराँसे पदमार्ग

मुलुकभित्र महादेवका धेरै मन्दिर छन्। त्यस्तै एउटा मन्दिर ललितपुरको दक्षिणी थुम्को (२,५०० मिटर) मा छ, कालेश्वर। मनोकांक्षा पुरा गर्न भक्तजन त्रिशुल र घन्टा चढाउँछन्। केही समय अघि कालेश्वर मन्दिर पुनःनिर्माण गरिएको छ।

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

पदयात्रा (ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन्।

अन्नपूर्ण पदमार्गमा साइकल दौड सुरु

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता लम्जुङको बँेसीशहरबाट शुरु भएको हो।

छोटिँदो पदमार्ग

झण्डै १० वर्षअघि अन्नपूर्ण राउन्ड ट्रेकिङ रुटको यात्रा गर्न तीन हप्ता लाग्थ्यो । त्यतिबेला पर्यटकलाई यो रुटको यात्रा गराउन तीन हप्ता लागेको ट्रेकिङ गाइड सर्की शेर्पा सम्झन्छन् । अहिले भने उनी त्यो यात्रा १० दिनमै पूरा गराइदिन्छन् ।  त्यसको एउटै कारण हो– पदमार्ग पछ्याउँदै सडक निर्माण गरिनुु । सडक निर्माणसँगै पदमार्ग मासिँदै गएका छन् । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा देखिएको सर्कीको अनुभव छ । ‘पहिला तीन हप्ता लाग्ने रुटमा अहिले डेढ हप्तामात्रै लाग्ने गर्छ,’ सर्कीले भने, ‘अर्को ग्रुप आए घुमायो नत्र त्यतिकै बस्नुपर्छ ।’

अन्नपूर्ण पदमार्गका होटलमा कोठा थपिने

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गका विभिन्न ठाउँमा सञ्चालित होटलमा कोठा थप्ने तयारी भएको छ । हाल सञ्चालित होटलका कोठाले सिजनका बेला टेकिङ गएकापाहुनालाई बास बस्न अपुग भएपछि नयाँ कोठाथप्न लागिएको हो ।

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।

लाङटाङ पदमार्ग पुनः निर्माण पूरा

दुई वर्षअघि भूकम्पले पूर्ण रुपमा क्षति भएको स्याफ्रुबेसी–लाङटाङ पर्यटकीय पदमार्ग पुनः निर्माण सकिएको छ । करिब ४३ किलोमिटर लामो उक्त पर्यटकीय पदमार्ग विभिन्न संघ–संस्थाको आर्थिक सहयोगमा पुनःनिर्माण सकिएको हो।

अन्नपूर्ण पदमार्गमा 'याक अट्याक'

उच्च हिमाली भेगमा हुँदै आएको ‘याक अट्याक’ (साईक्लिङ्ग) प्रतियोगिताको दशौं संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता चक्रीय अन्नपूर्ण पदमार्गमा सुरु भएको छ।

पदमार्गमा लगातार पहिरो, ४ को मृत्यु, ६ गम्भीर

उत्तरी गोरखाको केरौँजा–९ दोभाननजिकै बिहीबार पहिरोमा चार जनाको मृत्यु भएको छ। पहिरोमा १३ घाइते छन्, तीमध्ये ६ गम्भीर छन्। मृत्यु हुनेमा एक स्पेनिस पर्यटक, उनीसँगै रहेको पथप्रदर्शक ३५ वर्षीया दोर्जे लामा, ३० वर्षका छिरी शेर्पा र क्यान नेपालका कर्मचारी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा परी मृत्यु भएको हो। घाइतेको राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्