२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

विद्यार्थीलाई पोशाक वितरण

दुई विद्यालय गाभिएर एक भएको भक्तपुरको एक विद्यालयका विद्यार्थीले पोशाक पाएका छन्। विद्यार्थी कम भएको भन्दै सूर्यविनायक नगरपालिकाले गत जेठमा महेन्द्र निम्न माध्यामिक विद्यालय र भैरवी आधारभूत विद्यालय समायोजन गरी कटुञ्जे आधारभूत विद्यालय बनाएको थियो।

शिक्षाको उपेक्षा

केही दशकयता लगानी र पहुँचको आधारमा नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन। विभिन्न प्रयास हुँदाहुँदै पनि सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य असमर्थ देखिन्छ। अहिले प्राथमिक विद्यालयमा विद्यार्थी भर्नाको संख्या ९५ प्रतिशत पुगेको छ। अर्कोतिर उत्साहजनक प्रगति भनेको बाहुन, छेत्री र दलित, जनजातिका बालबालिकाको संख्या लगभग बराबर नै छ।

विद्यार्थी बर्बराउने समस्याले दुई महिनादेखि पढाइ अवरुद्ध

रोल्पाको सदरमुकामभित्र रहेको पिताराज आधारभूत विद्यालयमा दुई महिनादेखि जारी विद्यार्थी बिरामी बर्बराउने समस्या अझै समाधान हुन सकेको छैन। अभिभावक तथा शिक्षकले डाक्टरदेखि धामीझाँक्रीसम्म सबै उपाय अपनाउँदा पनि विद्यार्थी बिरामी हुने क्रम नरोकिएको हो।

शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा दिएको छ । भक्तपुरका चार वटा नगरपालिकामध्ये छात्रवृत्तिको व्यवस्था भएको पहिलो यो नगरपालिका देशभरमै छात्रवृत्तिको व्यवस्था गरेको सम्भवतः पहिलो नगरपालिका हो । नगरपालिकाले मेडिकल सेक्टरमा मास्टर (एमडी) को लागि यो वर्षदेखि छात्रवृतिको व्यवस्था गरेको छ ।

बलात्कार आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले २३ बर्षिय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ। शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्तीज्ञानोदय माविमा कार्यरत थिए।

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।

विद्यालयमा खुसी : हरण कि निर्माण ?

गत साता एक विद्यालयको अध्ययन भ्रमणमा निस्केको थिएँ । उद्देश्य थियो, त्यहाँको शैक्षिक माहोलको अवलोकन गर्ने । झन्डै पाँच सय विद्यार्थी पढ्ने त्यो स्कुल पूरै सुनसान थियो । प्रधानाध्यापक हामी आएको थाहा पाएपछि गेटसम्मै निस्कनु भयो । मैले औपचारिकतापछि सोधे, आज विद्यार्थी छैनन् ? पूरै शान्त छ है। उहाँले गर्विलो मुहार बनाउँदै भन्नुभयो, हामीले कडा गर्छौं ।

नगर र पुस्तक वितरक बीचको विवादले बालबालिकाले किताब पाएनन्

यहाँको त्रिपुरासुन्दरी नगरपालिका र किताब वितरक बीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा समेत विद्यार्थीहरुले किताब पाउन सकेका छैनन्।

अस्ट्रेलियामा ठगिएका विद्यार्थीलाई क्षतिपूर्तिको दिलाउने पहल

अस्ट्रेलिया इनस्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाट ठगिएका विद्यार्थीले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै अस्ट्रेलियाको शिक्षा मन्त्रालय डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङसमक्ष लिखित माग राखिसकिएको अस्ट्रेलियाका लागि निमित्त राजदूत द्रुपदा सापकोटाले जानकारी दिइन्।

एनसिसीप्रति विद्यार्थीको आकर्षण

भरतपुर महानगरपालिका–५, आनन्दपुरकी १६ वर्षीया श्रेया सापकोटा कक्षा १० मा पढ्छिन्। तर उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन। उनी राष्ट्रिय सेवा दल (एनसिसी) की सदस्य भनेर पनि चिनिन्छिन्। ब्याच नम्बर ४४ को उनी कम्पनी जुनियर अन्डर अफिसर हुन्।

शुल्कपीडित मेडिकल विद्यार्थीको गुनासो : हामीले न्याय पाएनौं

गण्डकी मेडिकल कलेजका विद्यार्थी चर्को तोकिएभन्दा बढी शुल्क तिर्नुपरेको विरोधमा २७ दिनदेखि आन्दोलनरत छन्। तर सरकार कानमा तेल हालेर बसेको छ। आन्दोलनरत विद्यार्थीको एक समूह आफूहरूका मागप्रति सरकारको ध्यानकर्षण गराउने उद्देश्यले काठमाडौंमा आएको छ।

गुटबाट परिचालित नेविसंघ कसरी अघि बढ्ला?

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आपसमा भएको झडपले कांग्रेस तरंगित छ। सँगै सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा यतिबेला नेविसंघको नेतृत्वलाई लिएर टीकाटिप्पणी हुन थालेको छ।

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुनमा नहुने भएको छ। फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ। त्रिविले फागुनमा निर्वाचन गर्ने भने पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो। २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो।

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्