डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक
त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।