१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

चिकित्सक संघद्वारा दुःख व्यक्त

काठमाडाैं - नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडाैं ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ। 

संघका महासचिव डा लोचन कार्कीले अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उहाँको इच्छा विपरीत, आधारभूत मानव अधिकारको उल्लंघन गर्दै सरकारका तर्फबाट अनशनरत स्थलबाटै उठाएर लैजानु गलत भएको बताए। घटनाका दोषीलाई कारवाही गरी घाइतेको शीघ्र उपचार व्यवस्था मिलाई संवेदनशीलता प्रकट गर्न संघले सरकारसँग आग्रह गरेको छ । रासस

प्रकाशित: ३ श्रावण २०७५ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App