सडकमै नाच्न थाले शिक्षक (तस्बिरहरु)
काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्।
काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।
नेपालको शिक्षा ५२ वर्षअघिको ऐनद्वारा सञ्चालन हुँदै आएको थियो। जसमा २०७२ सालमा नवौँपटक संशोधन गरिएको थियो। यो संशोधन गरिएको पनि आठ वर्ष पूरा भएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग केहि समय अघिबाट औपचारिक वार्ता सुरु भएको हो।
बुधवारदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूसँग बिहीवार बिहान गृहमन्त्रीसहितको टोलीले वार्ता गरेको थियो। तर, वार्ता निष्कर्षबिहीन भयो।
सार्वजनिक विद्यालयका शिक्षकहरू त्यही अधिकारको बर्खिलाप हुनेगरी स्थानीय पालिकामा जान नसकिने भन्दै सडक आन्दोलन तताइरहेका छन्।
संसदमा हालै दर्ता भएको विद्यालय शिक्षा विधेयक–२०८० विरोध गर्दै राजधानी अस्तव्यस्त बनाएका शिक्षकहरुले माइतीघरमै हाजिर गरिरहेका छन्।
सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन्।
आन्दोलन भड्काउने बाहिरी व्यक्तिहरुले प्रहरीलाई ढुङ्गा हानेको शिक्षकहरुले दाबी गरेका छन्। शिक्षकहरुले नै ढुङ्गा हान्ने व्यक्तिलाई समातेर प्रहरीलाई बुझाइरहेका छन्।
बिहीबार आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। त्यसपछि शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।
शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।
सरकारले हालै संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको मस्यौदा २०८० प्रति शिक्षकहरूले विरोध जनाएका छन्। सरकारले ५२ वर्षपछि ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूसँग पटकपटक भएको सहमति नसमेटिएको भन्दै विद्यालय बन्द गरेर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन्।
विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरु हिजो देखि राजधानीमा दर्शन उत्रेका छन। विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्।