११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुरातात्विक बुद्धको मूर्तिसहित पाँचजना पक्राउ

प्रहरीले बुद्धको मूर्तिसहित पाँच जनालाई बुधबार पक्राउ गरेको छ। गुलरिया नगरपालिका–७ स्थित रहेको विजय गेष्ट हाउसको कोठा नम्बर ३२८ मा बेचबिखन गर्न राखेको बुद्धको मूर्ति प्रहरीले बरामद गरेको हो। पुरातात्विक बुद्धको मूर्तिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।

पीण्डेश्वर क्याम्पसमा पुरातात्विक महत्वका सिक्का भेटिए

धरान–१४ स्थित पीण्डेश्वर विद्यापीठको नयाँ भवन निर्माणको क्रममा जग खन्दा पुरातात्विक महत्वका सिक्का फेला परेका छन्।

पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्री संग्राहलयमा राखिने

सरकारले पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ। पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका हुन्।

विकासनिर्माणको गतिसँगै सिम्रौनगढले मुहार फेर्दै

ओझेलमा पारिएको यस क्षेत्रको चौतर्फी विकासका लागि सिम्रौनगढ नगरपालिकाले अहिले सडक सञ्जाल बढाउनेदेखि सम्पदाको संरक्षण, ऐतिहासिक तथा पुराताŒिवक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएको छ।

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन्। २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए।

पनौतीलाई जोगाऔं

एउटै चट्टानमा बनेको सहरका रूपमा ऐतिहासिक एवं पुरातात्विक भूमि पनि हो। चट्टान माथि बसेको शहर भएकाले ०७२ को भूकम्पले यसलाई क्षति पुर्‍याउन सकेन। यहाँको इन्देश्वर मन्दिर प्राङ्गणमा उन्मत्त भैरव, तुलानारायण मन्दिर लगायत छन्। वरपर अरू मन्दिरहरु, सत्तल, घाट आदि छन्।

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

अमरगढीमा अङ्ग्रेजसँग लड्दाका  हतियार खोई?

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन।

भण्डारखालमा बन्दैछ पुरातात्विक बगैँचा

ललितपुर पाटन दरबारको पछाडिपट्टि करिब ८ रोपनी भागमा फैलिएको भण्डारखाल पुरातात्विक बगैंचा (आर्कियोलोजिकल गार्डेन)मा परिणत हुने भएको छ। सम्पदा क्षेत्रमा रहेको उक्त जग्गा प्रयोगविहिन र अव्यवस्थित भएकाले त्यसलाई सम्पदा संग्रहित गरेर राखिने सुन्दर बगैंचाको रूपमा तयार गर्ने योजना अघि सारिएको हो।

पुरातात्विक वस्तु जोगाऔँ

पुरातात्विक वस्तु के हुन्, कस्ता वस्तुहरूलाई पुरातात्विक वस्तु भन्ने, पुरातात्विक वस्तुहरू बेचबिखन गर्न पाइन्छ कि पाइँदैन, के पुरातात्विक वस्तुहरू नेपाली नागरिक अथवा नेपालमा बसोवास गरिरहेका जो कोहीले पनि संकलन गरी राख्न सक्छ कि सक्दैन आदि विषयहरूमा करिब तीन दशकसम्म पुरातत्व विभागमा काम गरेको मेरो अनुभवको आधारमा मैले यहाँ केही कुराहरू राख्न कोसिस गरेको छु।

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण : मन्त्री अधिकारी

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन्।

कपिलवस्तुमा मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल

पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ। पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ।

'बरामद मूर्ति पुरातात्विक होइन'

मूर्ति चोरेको आशंकामा प्रहरीले तीन साताअघि डेउढाकला माछागढका एक सर्वसाधारणलाई अनाहकमा गोली प्रहार गरेको पुष्टि भएको छ। डेउढाकला माछागढका ४७ वर्षीय रामबहादुर शाहीमाथि गोली प्रहार गरी उनीबाट प्रहरीले बरामद गरेको बुद्ध मूर्ति पुराताŒिवक नभएको प्रमाणित भएको हो। बायाँ घुँडामा गोली लागेर घाइते भएका शाहीको प्रहरी निगरानीमा जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ।

उपत्यकाभित्र पुरातात्विक अन्वेषण

भूकम्पबाट बरोबर हानि, नोक्सानी भइरहने जुनसुकै ठाउँहरुको प्राचीन इतिहासका धेरैजसो पाना पृथ्वीको गर्भभित्र लुकेर बसेका हुन्छन्। हाम्रो काठमाडौं उपत्यका पनि भूकम्पको जोखिममा बरोबर पर्ने र पर्दै आएको हुनाले यहाँको प्राचीन इतिहासका धेरै कुरा अतीतको गर्भभित्रै लुकेर बसेका छन्। यी सबै सोधखोजकै विषय हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्