९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

राष्ट्रपतिको 'भद्दा व्यवहार'

राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा र शपथ गराउँँदा देखाएको भद्दा र असहज व्यवहार महान्यायाधिवक्ताको शपथमा पनि देखाइन्। राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ समारोह गर्न उनले इन्कार गरिन्। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने प्रचलन थियो।

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन्। उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ।

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएकाअ छन्।

के अब संसद्का सबै विधेयकमाथि छलफल होला ?

प्रधानमन्त्री केपी ओलीको बलमिचयाइँले विगत एक वर्षदेखि मुलुक विधेयकबाट नभई अध्यादेशको भरमा चलिरहेको अवस्थामा उनको बहिर्गमनपछि के अब संसद्ले कानुन बनाउने काम गर्ला भन्ने प्रश्न यतिबेला उब्जिएको छ।

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता : वार्तामा भयो सरकारबारे छलफल

ती दुईबीच सरकार सञ्चालन र बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको र आगामी दिनका लागि आवश्यक योजनाका विषयमा छलफल भएको स्रोतको भनाइ छ।

वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम

विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टिमेटम दिएको छ।

देउवाद्वारा शपथ लिन आनाकानी, पत्रमा धारा उल्लेख गर्नुपर्ने

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा आफूलाई नियुक्ति गरे पनि सो नियुक्तिमा संविधानको धारा उल्लेख नभएकोमा आपत्ती जनाउँदै प्रधानमन्त्री देउवाले सपथ लिन आनाकानी गरेका हुन्।

महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन्।

अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ : प्रम ओली

देशबासीको नाममा सम्बोधन गर्दै उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।

प्रम ओलीको अन्तिम सम्बोधन : आफ्नो कार्यकालमा असाधारण सफलताको दाबी

उनले सो क्रममा थुप्रै कानून र कार्यविधि समेत गरिएको दाबी गरे। प्रम ओलीले विकास, सुशासनका लागि विभिन्न आधारहरु तयार गरेको जानकारी दिँदै आफूले गरेका प्रगतिको फेहरिष्ट सुनाए।

जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : प्रम ओली

देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए।

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्